Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुर्गममा शाखा विस्तार गर्दै ‘सिटिजन्स बैंक’, एकैसाथ खुले छ शाखा

२०७५ बैशाख ३१ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकैसाथ छ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकिङ पहुँच बाहिर रहेका विभिन्न छ स्थानीय तहमा शाखा विस्तार गरेको जानकारी दिए ।

सोमबारदेखि संचालनमा आएका शाखाहरुमा इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापति, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि शाखा रहेका छन् ।

सरकारले वित्तिय पहुँच तथा समावेशिता वृद्घि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मूर्त रुप प्रदान गर्न सिटिजन्स बैंकले शाखा विस्तारलाई प्राथमिकता दिँदै  आएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आ. व २०७४÷७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ । नियमनकारी निकायले निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरु विस्तार गरी सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७० सालमा डोल्पामा शाखा यसका केहि अनुपम उदाहरणहरु हुन् । 

मुलुक संघीय प्रणालीमा गएसँगै दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका लागि बैंकले चालू आर्थिक वर्षभित्रमा नै प्युठानको झिमरुक, पुर्व रुकुमको भुमे, हुम्लाको नाम्खा, अछामको ढकरी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए. टि. एम. र ९७ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्घ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकवर्गहरुलाइ विभिन्न कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा , बैकास्योरेन्स, आस्वा, डाफ्ट, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।