Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

मेगा बैंकका तीन नयाँ शाखा विस्तार 

२०७५ बैशाख २८ गते

मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ । 

बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । 

मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो ।  

मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।