नानु खड्का । लघुवित्त वित्तीय संस्थाले गाउँको मुहार परिवर्तन गर्दै आएका छन् । लघुवित्त विकास बैंकहरुले ठाउँ‐ठाउँमा आफ्नो शाखा विस्तार गरेर विपन्न तथा गरिब मानिसलाई बिना धितो कर्जा उपलब्ध गराइरहेका छन् । ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि, स‐साना उद्योग स्थापनाका लागि वित्तीय सस्थाहरुले कर्जा दिने गरेका छन् ।
ग्रामीण भेगको आर्थिक विकासका लागि लघुवित्त बिकास बैंकहरुले अग्रणी भूमिका खेलेका छन् । लघुवित्त विकास बैंकहरुले ग्रामीण क्षेत्रको कृषि, पर्यटन, तरकारी, फलफुल तथा साना उद्योगका क्षेत्रमा कर्जा परिचालन गर्दै आएका छन् ।
लघुवित्त संस्थाहरु सक्रिय रुपमा गाउँमा भित्रीएका छन् । गाउँमा बसोबास गर्ने मानिसहरुको जीवन शैली र आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले यस्ता संस्थाको विकास भएको हो । गाउँमा विहान बेलुकाको छाक टार्न गाह्रो हुने विपन्न वर्गहरुलाई उद्यमशील बनाएर लघुवित्तहरुले आर्थिक विकासमा सहयागे पुर्याएका छन् ।
गाउँ गाउँमा रोजगारीको विकास गरी युवा वर्गहरुलाई स्वदेशमा नै व्यवसाय गर्नुपर्छ भन्ने भावना जागृत गराउने अभियानमा लघुवित्तको ठुलो हात रहेको छ । लघुवित्तका कारणले ग्रामीण भेगका नागरिकहरुमा आर्थिक, सामाजिक र शैक्षिक रुपमा सकरात्मक परिवर्तन आएको छ । लघुवित्तले ग्रामीण क्षेत्र र ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको जीवनस्तर माथी उठाउन महत्वपुर्ण भुमिका खेल्दै आएका छन् ।
सहरी भेगमा मात्र बैंक संचालनमा आउने प्रविधिलाई कम गर्न नेपाल राष्ट्र बैंकले ग्रामीण भेगमा जाने लघुवित्तलाई प्रोत्साहन गर्ने र सहरका लागि लाइसेन्स नदिने व्यवस्था समेत गरेको छ ।


