Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि सम्पन्न

२०७५ बैशाख २६ गते

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि २०७५ सम्पन्न गरेको छ । रुपन्देहीको मंगलापुरमा बैशाख २३ र २४ गते दुई दिनसम्म संचालन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा संस्थाका विभागीय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७५/०७६ को योजना र बजेट, कर्मचारी मुल्यांकनको व्यवस्था, कर्जा ब्यवस्थापन, कार्य संचालन ब्यवस्थापन लगायतका विषयमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट विवेक अधिकारीले लघु बीमाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।