Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्स र माछापूच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

२०७५ बैशाख २५ गते

बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापूच्छ्रे बैंक लिमिटिेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ । बैशाख २५ गते मंगलबार उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रवन्धक केशब राज के.सी र माछापूच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले हस्ताक्षर गरे । सम्झौताअनुसार, अब ग्राहकहहरुले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न पाउनेछन् ।