बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच लाख ४० हजार कित्ता आईपिओ निस्कासनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
चौतारी लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँट गरेपछि संस्थाको चुक्ता पूँजी १८ करोड रुपैयाँपुग्ने छ ।


