बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवि नेपालले आगामी आर्थिक वर्षको बजेट करिव १५ खर्बकामे हुने बताएका छन् । स्थानीय तहको बजेट ३ खर्ब र केन्द्रीय सरकारको करिव १२ खर्ब गरेर १५ खर्बको बजेट पुग्ने बताएका छन् । सोमबार राजधानीमा आगामी बजेटका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा देशको आर्थिक भार बृद्धि भएको उल्लेख गर्दै गभर्नर डा नेपालले बजेटको आकार १५ खर्बको रेसियोमा रहने उल्लेख गरे । बजेटमा सुझाव दिदै बैंकर्स तथा उद्योगीलुे बजेट व्याजदर नियन्त्रणमुखी हुनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ मा बजेटको आकार बढ्ने भएकाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने बताएको छ । सोमबार राजधानीमा आगामी बजेटका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकले यस्तो बताएको हो । कार्यक्रममा सुझावका लागि प्रस्तुतिकरण राख्दै राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी बजेट १५ खर्बको हुने बताए । १२ खर्बको बजेट संघीय सरकारले र प्रदेश तथा स्थानीय सरकारले ३ खर्बको बजेट व्यवस्थापन गर्नुपर्ने कार्यकारी निर्देशक थापाले बताए ।
श्रोत व्यवस्थापनका साथै यसपटक मुलुकको व्यापार घाटा कम गर्ने, पर्यटन क्षेत्रको विकास, साना तथा मझौला उद्यमको विकास, रोजगारीका सिर्जना, कृषि क्षेत्र लगायतका चुनौती रहेको राष्ट्र बैंकले जनाएको छ ।

