Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नेपालमै पहिलोपटक क्यापिटल मार्केट एक्स्पो हुँदै

२०७५ बैशाख २४ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको आयोजनामा क्यापिटल मार्केट एक्स्पो २०७५को आयोजना हुने भएको छ । धितोपत्र बोर्डद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा वैशाख २६ र २७ गते क्यापिटल मार्केट एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिइयो । 

धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको पुँजी बजार एक्स्पोका सम्बन्धमा जानकारी दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । एक्स्पोको इभेन्ट मेनेजर मिडिया इन्टरनेशनल रहेको छ । एक्स्पोमा सेयर ब्रोकर, मर्चेन्ट बैंकर, धितोपत्र बोर्ड, म्युचुल फण्ड, क्रेडिट रेटिङ कम्पनी लगायतका १७० वटा स्टल रहनेछन् । एक्स्पोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा प्रवेश निःशूल्क रहेको छ । एक्स्पोमा सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी पाइनेछ भने धितोपत्र सम्बन्धी ध्ययन सामग्रीहरु निःशूल्क वितरण गरिनेछ । 

पत्रकार सम्मेलनमा धितोपत्र बोर्डले मार्जिन लेण्डिङ कार्यविधि पारित गराउने सम्बन्धमा धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक बसिरहेको समेत जानकारी दिइयो । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सो जानकारी दिएका हुन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार तथा सूचीकरण नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी पनि दिएको छ ।