"> गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता – Banking-Khabar

गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्ती संस्था लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज साप्कोटा र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट उक्त कम्पनीका शाखा प्रबन्धक बद्रीनाथ पौडेलले हस्ताक्षर गरे । 

सम्झौता अनुसार यस वित्तीय संस्थाका ग्राहकहरुले यस वित्तीय संस्थाका जुनसुकै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छन् । यसरी वित्तीय संस्थाले आफना २० वटा शाखाहरुबाट लघुवित्त सेवाको अतिरीक्त सेवामा विविधीकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.