Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सद्धारा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

२०७५ बैशाख २३ गते

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ३ दिनसम्म संचालित तालिममा शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले प्रशिक्षण दिएका थिए । 

वाग्लेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको बारेमा जानकारी दिए । त्यस्तै, जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भुमिकाको बारेमासहभागीहरुलाई स्पष्ट पार्दै उनले सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा समेत प्रकट गरे ।
 
तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनिहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए । उनले जीवन बीमाको सम्भावना व्यापक रहेको परिप्रेक्ष्यमा यस तालिममा सहभागी भई यस गुँरास लाइफ इन्स्योरेन्स कम्पनी प्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न भएका सबै सहभागी प्रति आभार व्यक्त गरे । आप्mनो पेशाप्रति जिम्मेवार भई कार्य गर्न अनुरोध गर्दै अभिकर्ताको मूल्य र मान्यतालाई सदैव कायम राखी बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छबीलाई उच्च राख्न समेत उनले आग्रह गरे ।