बैंकिङ खबर । बीमा क्षेत्रमा पनि सीईओको योग्यता र कार्यअवधि तोकिने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासनसम्बन्धि निर्देशिका २०७५मा बीमा कम्पनीका सीईओलाई छ महिनाको कुलिङ पिरियड लगाउने तयारी गरेको छ । संशोधनसहित जारी गर्न लागिएको निर्देशिकामा प्रमुख कार्यकारी अधिकृत र अन्य कर्मचारीको योग्यता तथा अनुभव पनि तोक्ने बताइएको छ । त्यस्तै, निर्देशिकामार्फत एउटा बीमा कम्पनीमा दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने व्यवस्था गरिने भएको छ । डेपुटी सीईओको नियुक्ति गरेको जानकारी समितिलाई दिनुपर्ने व्यवस्था समेत निर्देशिकामा समेटिने भएको छ ।
