Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

गाभिए मेगा र टुरिजम, वैशाख ३०देखि एकीकृत कारोबार

२०७५ बैशाख २१ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । शुक्रबार एक सूचना जारी गर्दै टुरिजम र मेगाले यस्तो जानकारी दिएका हुन् । एकीकृत कारोबार मेगा बैंक नेपाल लिमिटेडको नामबाट हुनेछ । मर्जरका लागि राष्ट्र बैंकले वैशाख ९ गते स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्टारको कार्यालयबाट वैशाख १२ गते स्वीकृति पत्र प्राप्त भएको बैंकहरुले बताएका छन् ।