बैंकिङ खबर । यो सातादेखि राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरे । त्यस्तै, बैंकहरुले शाखा विस्तारलाई प्राथमिकताका लागि अघि सारे । समग्रमा साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
रावा बैंक र एनआईडीसीको एकीकृत कारोबार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेर बुधबार (वैशाख १९ गते)देखि एकीकृत कारोबार सुरु गर्यो । अर्थमन्त्री डा.युवराज खतिवडाले एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । मर्जरपछि बैंकको १९१ वटा शाखा कार्यालय, चुक्ता पुँजी नौ अर्ब ४७ लाख, ९५ हजार सात सय रुपैयाँ, जगेडा तथा कोषहरु आठ अर्ब ३० करोड ५६ लाख ९९ हजार रुपैयाँ, कुल सम्पत्ति एक खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल निक्षेप एक खर्ब ५४ अर्व १७ करोड ६३ लाख ४२ हजार रुपैयाँ, कर्जा तथा सापट एक खर्ब १५ अर्ब ७३ करोड नौ लाख ८७ हजार र खुद नाफा तीन अर्ब १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
ज्योति विकास बैंकको सीईओमा ज्ञवाली
ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भए । बैंकको बैशाख १२ गते बसेको संचालक समितिको ३०१औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । ज्ञवाली विगत दुई वर्षदेखि ज्योति विकास बैंकमा नै नायव प्रमुख कार्यकारी अधिकृत थिए भने विगत तीन महिनादेखि कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब आइतबार (वैशाख १६ गते)दे खि उनले सीईओको कार्यभार सम्हालेका छन् ।
शाखा विस्तार
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ बैशाख २० गते विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीबाट कारोबार सुरु गर्यो ।
प्रभु बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं. ४ मा बुधबारदेखि नयाँ शाखा संचालनमा ल्यायो ।
मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गर्यो ।
प्रभु बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्यायो ।
ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको बिरौटामा शाखा बिस्तार गर्यो ।
सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जलविरे बजारमा बैंकको १३औं शाखा स्थापना गर्यो ।
एनआईसी एशिया बैंकले छैठौँ शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्यायो ।
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले मोरङ जिल्लाको विराटनगरमा नयाँ शाखा विस्तार गर्यो ।
अन्य
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनता बैंक नेपाल लिमिटेड नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायाम मेसिन हस्तान्तरण गर्यो ।
यूनाईटेड इन्स्योरेन्स कम्पनीको नायव महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त भए ।
चौतारी लघुवित्त वित्तीय संस्थाले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।


