Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

यूनाइटेड इन्स्योरेन्सको नायब महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त

२०७५ बैशाख १९ गते

बैंकिङ खबर । यूनाईटेड इन्स्योरेन्स कम्पनीको नायव महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १६ गते नियुक्ती पाएका भट्टराईले बैशाख १९ गते बुधबार देखि आफ्नो कार्यभार सम्हालेका छन् ।

यसअघि भट्टराई नेको इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धक थिए । अधिकृत तहबाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी १९ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ ।