Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ वाणिज्य बैंकहरुको खराब कर्जा अवस्था

२०७५ बैशाख १८ गते

रुपा कोइराला । वाणिज्य बैंकहरुले खराब कर्जा घटाउन थालेका छन् । खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनुलाई जोखिमयुक्त मानिन्छ । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले  खराब कर्जा ४ प्रतिशतभन्दा कम रहनुले बैंकिङ क्षेत्र सबल बन्दै गएको प्रष्ट हुन्छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणलाई हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंकहरुको खराब कर्जा बढेको छ भने नेपाल एसबीआई बैंकको खराब कर्जा स्थिर रहेको छ । अन्य २२ वटा बैंकहरुको खराब कर्जा भने घटेको छ ।

विवरणअनुसार, चैत्र मसान्तसम्मा सबैभन्दा कम खराबकर्जा नेपाल एनबीआई बैंकको रहेको छ भने सबैभन्दा धेरै खराबकर्जा एनसीसी बैंकको रहेको छ । नौ वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम रहेको छ भने चार वटा बैंकको खराब कर्जा तीनदेखि चार प्रतिशतको बीचमा रहेको छ ।

हेरौँ, २८ वटैवाणिज्य बैंकहरुको खराबकर्जा अवस्था :

बैंक खराब कर्जा (प्रतिशतमा)
नेपाल एसबिआई बैंक ०.१३
सानिमा बैंक ०.१७
स्टाण्डर्ड चार्टर्ड बैंक ०.२१
एनआईसी एशिया बैंक  ०.२२
एभरेष्ट बैंक ०.२३
माछापूच्छ्रे बैंक ०.३५
सेञ्चुरी कमर्सियल बैंक ०.७६ 
नेपाल इन्भेष्टमेन्ट बैंक ०.७६ 
मेगा बैंक नेपाल  ०.९८
प्राइम कमर्सियल बैंक १.०६
नविल बैंक १.०७
एनएमबि बैंक १.१०
लक्ष्मी बैंक १.१६
हिमालयन बैंक १.१९
कुमारी बैंक १.२४
ग्लोबल आइएमई बैंक लिमिटेड १.२९
सिद्धार्थ बैंक १.३१
सनराइज बैंक १.४५
सिटिजन्स बैंक इन्टरनेशनल १.४६
 नेपाल बङ्गलादेश बैंक १.७७
बैंक अफ काठमाण्डू १.८२
जनता बैंक नेपाल १.९५
राष्ट्रिय वाणिज्य बैंक २.९
नेपाल बैंक २.९१
कृषि विकास बैंक ३.४९
सिभिल बैंक ३.७४
प्रभु बैंक ३.९
एनसिसि बैङ्क ३.९७