सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले मोरङ जिल्लाको विराटनगरमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष कुमार कोइराला, सद्भावना दुत कलाकार जीतु नेपाल, मुख्य प्रबन्धक गणेश चौलागाईँ, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल लगायत स्थानीय व्यक्तिहरm समेतको समुपस्थितिमा आइतबार विराटनगर शाखाको विधिवत उद्घाटन गरिएको हो ।
त्यस्तै, शनिबार (वैशाख १५ गते) कम्पनीले झापाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको थियो ।
कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवाबाट वञ्चित अधिकतम नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखाहरु संचालनमा ल्याएको जनाएको छ ।


