Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

कास्कीको लेखनाथ र पर्वतको कुष्मामा मेगा बैंक

२०७५ बैशाख १७ गते

मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको हो । 

लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । मेगा बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार, शाखा विस्तारपछि साबिकको लेखनाथ क्षेत्रका बासिन्दाहरु उत्साहित देखिएका छन् । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेठ १२ मा आंशिक सेवा (सफ्ट लञ्च) प्रारम्भ गरेयता ११ सय बैङ्क खाता खोल्न सफल भइसकेको छ । 

यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरे । २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भइसकेको छ । 

लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।