संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार महतोबाट एक समारोहकाबिच समुद्घाटन गरियो । त्यसैगरी कपिलबस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.६ स्थित विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट समुद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आजदेखि सञ्चालनमा आएका बैंकका बरियारपट्टी शाखा कार्यालय र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

