Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

राष्ट्रिय वाणिज्य बैंकको नाफा तेस्रो त्रैमासमै तीन अर्ब नाघ्यो

२०७५ बैशाख १६ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद मुनाफा तेस्रो त्रैमासमा नै तीन अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन अर्ब आठ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमलव ६७ प्रतिशत  बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब सात करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा चार अर्ब ९७ करोड ७५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी एक खर्ब ५३ अर्ब २२ करोड ३९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० दशमलव ८९ प्रतिशतले वृद्धि गरी एक खर्व १२ अर्ब ८० करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ५४ प्रतिशतले बढेर छ अर्ब १९ करोड २ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ दशलमव ३८ प्रतिशत बढेर तीन अर्ब १४ करोड एक लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक अर्ब छ करोड ३१ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा एक अर्ब २४ करोड ४३ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव दुई प्रतिशतले बढेर दुई दशमलव ९० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ८७ प्रतिशतले बढेर १२ दशमलव ३४ प्रतिशत पुगेको छ ।