Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

पुँजीवृद्धि योजना सार्थक : गभर्नर डा. नेपाल

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले आर्थिक वर्ष ०७२।७३को मौद्रिक नीतिले ल्याएको चुक्तापुँजी वृद्धि योजनाले सार्थकता पाएको बताएका छन् । राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सबको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले यस्तो बताएका छन् । ‘यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको सबलीकरणका लागि मर्जर तथा एक्वीजिसनले तीव्रता पाएको छ,’ उनले भने । चुक्तापुँजी वृद्धि योजनाका कारण वित्तीय समावेशीता पनि बढेको उनले बताए ।

गभर्नर डा. नेपालले हाल क, ख, ग र घ वर्गका गरी एक सय ५३ वटा मात्रै बैंक तथा वित्तीय संस्था मात्रै संचालनमा रहेको जानकारी दिए । क वर्गका वाणिज्य बैंक २८, ख वर्गका विकास बैंक ३६, ग वर्गका फाइनान्स कम्पनी २५ र घ वर्गका लघुवित्त वित्तीय संस्थाहरु ६४ गरी १ सय ५३ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको उनले बताए । यसबाट पनि केहि बैंक तथा वित्तीय संस्थाहरु अझै घट्न सक्ने उनले उल्लेख गरे ।