Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

चार फाइनान्सको वित्तीय अवस्था : मुनाफा आर्जनमा कुन अगाडी ?

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । मञ्जुश्री फाइनान्स, बेष्ट फाइनान्स, सिनर्जी फाइनान्स र हाथवे फाइनान्सले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । सिनर्जी फाइनान्सबाहेक सबैको नाफा बढेको छ । मञ्जुश्रीबाहेक सबैको जगेडाकोष नेगेटिभमा रहेको छ । मञ्जुश्रीबाहेक तीन वटै बैंकको सञ्चालन घाटामा रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव ४८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्रीले तीन करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

७२ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७२ दशमलव ५४ प्रतिशत वृद्धि गरी पाँच अर्ब ६१ करोड ८२ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जातर्फ चार अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी ३० दशमलव ३३ प्रतिशतले बढेको छ भने संचालन मुनाफा पाँच दशमलव ३५ प्रतिशतले बढेको छ । जसअनुसार, चैत्र मसान्तसम्मा मञ्जुश्री फाइनान्सको खुद व्याज आम्दानी ११ करोड ६१ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा पाँच करोड ९८ लाख २२ हजार रुपैयाँ पुगेको छ । 

फाइनान्सको पुँजीकोष अनुपात १६ दशमलव २० प्रतिशत, निष्कृय कर्जा दुई दशमलव १३ प्रतिशत, प्रतिसेयर आम्दानी १० दशमलवछ६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १२ दशमलव ८२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २१ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ५२ प्रतिशत रहेको छ ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेड
बेष्ट फाइनान्स कम्पनी लिमिटेडको मुनाफा तीन करोड ४६ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बेष्ट फाइनान्स दुई करोड ५० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

२८ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी बेष्ट फाइनान्सको जगेडाकोष आठ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । फाइनान्सले निक्षेपमा १८ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा २५ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी आठ प्रतिशतले बढेर एक करोड ४८ लाख रुपैयाँ पुगेको छ भने संचालन ११ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

बेष्ट फाइनान्स कम्पनीको निष्कृय कर्जा ५८ दशमलव २० प्रतिशत, जोखिमयुक्त सम्पत्ति ५३ दशमलव ६७ प्रतिशत, प्रतिशेयर आम्दानी १२ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १२ दशमलव ८२ गुणा, प्रतिशेयर नेटवर्थ ७१ दशमलव ३७ रुपैयाँ र तरलता अनुपात १४९ दशमलव ३६ प्रतिशत रहेको छ ।

सिनर्जी फाइनान्स लिमिटेड
सिनर्जी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जीले २१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

४७ करोड रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको जगेडाकोष १६ करोड दुई लाख ९१ हजार रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा एक अर्ब ९५ करोड २३ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा एक अर्ब ६१ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर सात करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन २० करोड तीन लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

फाइनान्सको निष्कृय कर्जा २३ दशमलव ४० प्रतिशत, पुँजीकोष अनुपात १३ दशमलव २४ प्रतिशत, प्रतिसेयर आम्दानी चार दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव २० गुणा र प्रतिसेयर नेटवर्थ ६० दशमलव ७९ रुपैयाँ रहेको छ ।

हाथवे फाइनान्स कम्पनी लिमिटेड
हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ७७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड ६६ लाख रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हाथवेले १० लाख ७१ हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो । 

३० करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोष ११ करोड ८३ लाख  ५७ हजार रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा १३ करोड ७१ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा २२ करोड ८१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी तीन करोड रुपैयाँ बढेर तीन करोड १६ लाख ३४ हजार रुपैयाँ पुगेको छ  भने संचालन एक करोड ५९ लाख रुपैयाँ घाटामा रहेको छ ।

यो अवधिमा तीन करोड ५५ लाख रुपैयाँ खराब कर्जा उठाएको फाइनान्सले प्रोभिजनमा १६ लाख ३९ हजार रुपैयाँ राखेको छ । फाइनान्सको निष्कृय कर्जा ८.३९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति ३४.०८ प्रतिशत र सीडी रेसियो ७६.९९ प्रतिशत रहेको छ ।