Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

राष्ट्रिय स्तरका आधा दर्जन विकास बैंकको रिपोर्ट : कुनको विवरण कस्तो आयो ?

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरका आधा दर्जन विकास बैंकले आफ्नो तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । मुक्तिनाथ, गण्डकी, ज्योति, गरिमा, ओम र कैलाश विकास बैंकले चैत्र मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

मुक्तिनाथ विकास बैंक लिमिटेड 
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले २४ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको निक्षेपमा ६२ दशमलव ०४ प्रतिशतले वृद्धि गरी २४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ५५ प्रतिशतले वृद्धि गरी २१ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको संचालन मुनाफा २२.५३ प्रतिशतले बढेर ६५ करोड ७६ लाख ४०  हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी २०.७६ प्रतिशतको वृद्धिसँगै ८८ करोड २८ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा छ करोड ९९ लाख रुपैयाँ रहेको छ । 

बैंकको जोखिमयुक्त सम्पत्ति शून्य दशमलव २४ प्रतिशतले बढेर १५ दशमलव २१ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव नौ प्रतिशतले घटेर शून्य दशमलव एक प्रतिशत कायम भएको छ । बैंकको सिडी रेसियो ७९ दशमलब २१ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) १८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २४ दशमल ५१ प्रतिशत रहेको छ । 

कैलाश विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव २३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कैलाशले ३६ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५२ करोड छ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड छ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० अर्ब ३६ करोड ११ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६४ करोड १३ लाख ३७ हजारमा झरेको छ भने तथा संचालन मुनाफा ४६ करोड तीन लाख २२ हजार रुपैयाँमा झरेको छ । यो अवधिमा पाँच करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड ९४ लाख दुई हजार रुपैयाँ राखेको छ । 

बैंकको पूँजीकोष १७ दशमलव ३७ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी २० दशमलव ६८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ६३ प्रतिशत रहेको छ ।

गण्डकी विकास बैंक लिमिटेड
गण्डकी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड चार लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको  हो । गत  आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकीले २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ३० करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब २९ करोड ८३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० अर्ब ४३ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ अर्ब ३२ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ६७ प्रतिशतले बढेर ७० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव ८७ प्रतिशतले बढेर ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ३९ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

गण्डकी विकास बैंकको पुँजीकोष २१ दशमलव २२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३० गुणा रहेको छ ।

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव २८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ५७ करोड ९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७२ प्रतिशतले बढेर ६९ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६६ प्रतिशतले बढेर ४३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा  १० करोड ३५ लाख ९७  हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्मा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोषको अनुपात २० दशमलव ५० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९० प्रतिशत रहेको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले २६ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ६७ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ अर्ब १४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी एक दशमलव ३१ प्रतिशतले बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक प्रतिशतले बढेर ४० करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ७० लाख ९९ हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्ममा ओम डेभलपमेन्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत, पुँजीकोष १७ दशमलव ०१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४८ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २२ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत अ ार्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४२ करोड ३९ लाख रुपैयाँ राखेको छ । निक्षेप १५ अर्ब ६ करोड २७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ८७ प्रतिशतले बढेर ५३ करोड छ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४३ दशमलव ८८ प्रतिशतले बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा पाँच करोड ९८ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १६ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव २७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव २३ दशमलव ०३ प्रतिशत रहेको छ ।