April 26th, 2018

राष्ट्र बैंकले मुद्दति खातामा रकम राख्ने, १९ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती खातामा एक अर्ब ३३ करोड ९७ लाख रुपैयाँ राख्ने भएको छ । यसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकमा एक अर्ब ७१ करोड ७ लाख, विकास बैंकमा २० करोड १० लाख र फाइनान्स कम्पनीमा ६ करोड ७० लाख रुपैयाँ राख्ने जनाएको छ ।

राष्ट्र बैंकले उक्त मुद्दती सहार्नका लागि वित्तीय संस्था सञ्चालनमा आएको कम्ती २ वर्ष हुनुपर्ने र राष्ट्र बैंकले तोकेको न्यूनतम पँुजीकोष भएको हुनुपर्ने छ । त्यस्तै निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम र खुल तरलता सम्पत्ति स्वदेशी निक्षेपका कम्तीमा पनि २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्नेछ । त्यस्तैगरि, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्रमा भाग लिन चाहने वित्तीय संस्थाहरुले बैशाख १९ गते ३ बजेसम्ममा आफ्नो प्रस्ताव पेश गर्न सक्ने समेत जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]