सात नम्बर प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रदेशमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कार्यालय स्थापना तथा ब्रोकरको संख्या थप्न आग्रह गरेका छन् । बुधवार धनगढीमा आयोजित पुँजीबजार सम्बन्धी लगानीकर्ताहरुमा सचेतना अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री वोहराले प्रदेशमा लगानी प्रवद्र्धनका लागि स्टक एक्सचेञ्च (नेप्से) तथा ब्रोकरको संख्या बढाउनुपर्ने बताए ।
‘पुँजी बजारलाई विश्वासयोग्य र लगानीको वातावरण र नितीगत निर्णय गर्ने निकायहरुलाई पनि यो बजारलाई नीतिमा समावेश गर्न आग्रह गर्दछु’ उनले भने, ‘प्रदेश नम्बर सातमा ब्रोकरको संख्या बढाउँदै सर्वसाधारणलाई पुँजी बजारतर्फ आकर्षित गर्नु आवश्यक छ ।’ ‘प्रदेश नम्बर सात पिछडिएको छ, त्यसैले लगानीको वातावरण बनाउन सहज भुमिका खेल्ने छ र न्याय दिने छ भन्ने अपेक्षा लिएको छु’ वोहराले भने । मन्त्री वोहराले प्रदेशमा लगानी भित्राउन र लगानी मैत्री वातावरणमा आफुले कनुै कसर बाँकी नराख्ने बताए । उनले लगानीकर्तालाई आकर्षित गर्न लगानीमैत्री कार्यक्रम बजेटमा समेटेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र वोर्डका केन्द्रीय अध्यक्ष रेवत बहादुर कार्कीले लगानी प्रवद्र्धनका लागि प्रदेश स्तरीय कार्यालयहरु स्थापना गर्न सरकारात्मक रहेको बताए ।
कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एस्सचेञ्ज (नेप्से) का महाप्रवन्धक चन्द्र सिंह सावद, सिडिएसि एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता लगाएतले पुजी बजार र लगानीको बारेमा प्रशिक्षण दिएका थिए ।
नेपाल धितोपत्र वोर्ड (सेवोन) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससि एण्ड क्लिरिङ्ग लिमिटेडले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । नेपाल धितोपत्र वोर्डका अध्यक्ष रेवनराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुजी बजार, डि म्याट, सि–आस्वा र शेयर तथा लगानी सम्बन्धी सहभागिहरुलाइ जानकारी दिइएको थियो । उक्त कार्यक्रममा सहभागीहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको सम्वोधन सम्बन्धित कार्यालयका प्रमुखहरुले गरेका थिए । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, स्थानीय उद्योग व्यवसायीहरु, विद्यार्थी लगाएत २०० बढीको सहभागीता थियो ।