बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी नियममा संशोधन गरेको छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३मा भएको कानुनी प्रावधान अनुरुप बैंक तथा वित्तीय संस्थाको संचालक, स्वतन्त्र संचालक तथा कार्यकारी प्रमुखको पदमा नियुक्त हुने व्यक्तिको योग्यता तथा कार्यअनुभव तोक्ने प्रयोजनका लागि ‘बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४’ लागू गरेको राष्ट्र बैंकले जनाएको छ । सोही विनियमावलीमा गरिएको व्यवस्थालाई लागू गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकद्धारा जारी निर्देशन जस्ताको तस्तै हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :
Policies–Qualification_of_Directors_&_CEO_Bylaws,_2074-new

