बैंकिङ खबर । बैंकिङ क्षेत्रमा करिअर बनाउने सोचमा हुनुहुन्छ ? यतिबेला १० वटा बैंक तथा वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । कर्मचारीको माग गर्नेमा ६ वटा वाणिज्य बैंक रहेका छन् भने दुई वटा फाइनान्स कम्पनी र दुई वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । तोकिएको योग्यता पुगेका नेपाली नागरिकले तोकिएको मितिभित्र आवेदन दिएर आफ्नो करिअर सुरक्षित गर्न सक्नेछन् ।
गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्सले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । फाइनान्सले रिस्क मेनेजमेन्ट हेड, ब्रान्च मेनेजर, रिकभरी अफिसर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको हो । एप्लाई गर्ने म्याद २४ अप्रिलसम्म रहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडले निकट भविष्यमा विस्तार हुन लागेका विभिन्न आठ शाखा कार्यालयहरुका लागि जुनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकले २८ वर्ष उमेर ननाघेका र व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने म्याद २५ अप्रिलसम्म रहेको छ । आवेदन इमेलमार्फत पठाउनुपर्नेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले डिपोजिट मार्केट अफिसर, ब्रान्च मेनेजर र ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको छ । ट्रेनि एसिस्टेन्टका लागि अनुभव मागिएको छैन । आवेदन दिने म्याद २५ अप्रिल अर्थात वैशाख १२ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च मेनेजर र एसिस्टेन्ट मेनेजर मागेको हो । मेनेजमेन्ट ट्रेनी र चार्टर्ड एकाउन्टेन्टका लागि अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ अप्रिल अर्थात वैशाख १६ गतेभित्रमा आवेदन दिन आह्वान गरिएको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://nbbl.com.np/page/careers
एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंकले विभिन्न सात पदमा झन्डै दुई सय कर्मचारी मागेको छ । बैंकले नयाँ शाखा हरुका लागि ११५ जना शाखा प्रबन्धक, काठमाडौँका लागि सामान्य प्रसासनतर्फ १० जना, प्रोजेक्ट अफिसरको लागि १० जना, पव्लिक रिलेसन अफिसर १० जना, केही पिओएस अफिसर, रेमिट्यान्स अफिसर ५ जना, बैंकास्योरेन्स अफिसर १० जना, होम लोन अफिसर ५ जना, ह्युमन रिसोर्स अफिसर १० जना, अटोलोन अफिसर ५ जना, व्यक्तिगत लोन अफिसर ५ जना, केही लर्निङ एण्ड डेभलपमेन्ट अफिसर र केही एक्जेक्यूटिभ सेक्रेटरी माग गरेको छ । इच्छुक आवेदकले बैंशाख १९ गतेसम्ममा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.nicasiabank.com/current-vacancies
कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले ९०३ जना सुरक्षाकर्मी मागेको छ । बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि २१५ जना गार्ड कमाण्डर र ६८८ जना गार्ड मागेको हो । आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा जागीर खुलेको छ । संस्थाले डेपुटी सीईओ एक जना, वरिष्ठ प्रबन्धक एक जना, सहायक प्रबन्धक दुई जना, शाखा प्रबन्धक केही र जुनियर प्रशिक्षार्थी सहायक केही संख्यामा मागेको छ । जुनियर प्रशिक्षार्थी सहायकबाहेक सबै पदका लागि अनुभव मागिएको छ भने सबै पदका लागि उमेर हद तोकिएको छ । आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना कर्मचारी मागेको छ । संस्थाले एक जना इन्टरप्राइज डेभलपमेन्ट मेनेजर (अफिसर लेभल), एक जना इन्टरप्राइज डेभलपमेन्ट अफिसर (एसिस्टेन्ट लेभल) कृषितर्फ र एक जना एक जना इन्टरप्राइज डेभलपमेन्ट अफिसर (एसिस्टेन्ट लेभल) पशुपालनतर्फ मागेको छ । सबै पदका लागि तीन वर्षको कार्यअनुभव मागिएको छ । आवेदन दिने म्याद वैशाख २१ गतेसम्म रहेको छ ।
पूरा भ्याकेन्सी हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
http://www.nerude.org.np/images/Careers/Vacancy/Vacancy-of-EDO–EDM.jpg
आवेदन फारम डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोस् ।
http://www.nerude.org.np/images/Careers/Vacancy/vacancy-form.pdf
लिखित परीक्षाको पाठ्यक्रम हेर्न तलको लिंक क्लिक गनुहोस् ।
http://www.nerude.org.np/images/Careers/Syllabus/Syllabus-of–Branch-Manager–Accountant–Motivator.pdf
जनता बैंक नेपाल लिमिटेड
जनता बैंक नेपाल लिमिटेडमा जागीर खुलेको छ । बैंकले मानव संशाधन विभाग प्रमुख मागेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका, १० वर्षको कार्यअनुभव भएका र ४५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद २७ अप्रिल अर्थात वैशाख २४ गतेसम्म रहेको छ ।
सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड
सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले गाइघाट, विर्तामोड लगायतका शाखा कार्यालयहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । फाइनान्सले योग्य र अनुभवी नेपाली नागरिकलाई ३ मे अर्थात वैशाख २० गतेभित्र एप्लाई गर्न आह्वान गरेको छ ।



