Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अनलाइन कारोबार प्रणालीको ८२ प्रतिशत काम सम्पन्न

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीको ८२ प्रतिशत काम सम्पन्न भएको छ ।  नेप्सेले उक्त प्रणाली निर्माणका लागि सम्झौता गरेको वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्य विजय गुरलनले प्रस्तावित अनलाइन कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत कार्य सम्पन्न भइसकेको र छिटै नै संचालनमा ल्याइने जानकारी दिए । ‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको छ । अब ती मोड्युलहरुलाई एकिकृत गरी छिट्टै यहाँहरु माझ ल्याउने छौं,’ उनले भने ।

नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।