Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

प्रदेश नं ७ को बजेट : केके छन् प्राथमिकताहरु ?

२०७५ बैशाख ९ गते

राम खत्री/बैंकिङ खबर । प्रदेश नं ७ को सरकारले चालु आर्थिकवर्षको ३ महिनाका लागि आइतबार बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि प्रस्तुत हुन लागेको अल्पकालीन बजेट भोली घोषणा गरिने सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले जानकारी दिए । बजेटको पर्वसन्ध्यामा धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री बोहोराले साधारण र विकास खर्च मात्र समेटिएको निरन्तर बजेटको आंशिक भाग ल्याउन लागेको जानकारी दिनुभयो । बजेट कस्तो आउँदै छ त ? 

कृषिमा आत्मनिर्भर प्रदेश
प्रदेश नम्बर सात कृषिमा निकै उर्बर मानिन्छ । उद्योगधन्दा र प्रयाप्त रोजगारीको अभावलाई कृषिको आधुनिकीकरण र व्यवसायीक करणका माध्यमबाट प्रदेशलाइ समुन्नत बनाउने प्रदेश सरकारको तयारी छ । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको प्रमुख एजेण्डा बन्ने देखिन्छ । 

युवा र महिला प्राथामिकतामा 
रोजगारीको अभाव व्याप्त छ । जसका कारण सात नम्बर प्रदेशका युवा जनशक्ती विदेशीन बाध्य छन् भने महिला हिंसा, जातीय विभेद र लैङ्गिक हिंसाका कारण महिला मारमा छन् । यसलाई सम्बोधन गर्न प्रदेश सरकारको प्राथामिकतामा युवा र महिला वर्ग पर्ने आर्थिक मामिाला तथा योजना मन्त्रालयले संकेत गरेको छ ।  

सार्वजनिक, निजी र सहकारीका माध्यमबाट आर्थिक विकासमा टेवा
सार्वजनिक, निजी र सहकारीको माध्यमबाट समाजवाद उन्मुख आर्थिक नीतिलाई टेवा दिने खालका कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने जनाइएको छ । बजेटलाई एकिकृत गरि जनताका चाहाना र अपेक्षाहरुलाई सम्बोधन गरिने मन्त्री बोहोराको दाबी छ ।  

जनताले अनुभुत गर्ने कार्यक्रम तय
तीन महिने बजेटले दीर्घकालीन भन्दा तत्कालीन आवश्यकताका विषयलाई प्रमुखताका साथ उठान गर्नेछ ।  प्रदेशका बासिन्दाले तत्काल अनुभूति गर्ने ठोस कार्यक्रम बजेटमा समेट्ने मन्त्री बोहोराको योजना छ ।