Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एनआईसी एशिया बैंकको मुनाफा ९२ करोड ७६ लाख रुपैयाँ

२०७५ बैशाख ७ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९२ करोड ७६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत अर्थात २१ करोड सात लाख रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकले एक अर्ब १३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब तीन करोड ११ लाख १७ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब एक करोड ८२ लाख सात हजार रुपैयाँ राखेको छ । निक्षेपमा ६९ प्रतिशत वृद्धि गरी एक खर्ब ३३ अर्ब ७२ करोड ६५ लाख ९० हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ एक खर्ब आठ अर्ब ९६ करोड ३६ लाख १४ हजार लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ५२ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८.८६ प्रतिशतले घटेर एक अर्ब २१ करोड २८ लाख  ७८ हजार रुपैयाँ कायम भएको छ । यो अवधिमा १८ करोड दुई लाख नौ  हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ५१ करोड ३३ लाख १८ हजार रुपैयाँ राखेको छ ।

चैत मसान्तसम्म बैंकको कर्जा शून्य दशमलव २२ प्रतिशत, तरलता अनुपात २० दशमलव ४२ प्रतिशत, प्रतिसेयर आम्दानी १५ दशमलव ४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७.५८ रुपैयाँ रहेको छ ।