Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

२०७५ बैशाख ६ गते

आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजनामा तालिम सुरु गरिएको हो । 

उक्त तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए । 

पहिलो दिनको तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले भाग लिएका थिए । 

तालिमको दोस्रो दिन शुक्रबार नेपालको आर्थिक पत्रकारितका समस्या र चुनौतिका विषयमा तालिम हुने छ भने शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम हुने छ ।