Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

विकास बैंकमा पनि शाखारहित बैंकिङको सुरुवात, ओम डेभलपमेन्ट बैंक बन्यो पहिलो 

२०७५ बैशाख ५ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको पर्यटकिय गाउँ घान्द्रुकमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह मा.बि.का बिद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखारहित बैंकिङ्ग सेवाको बिधिवत उद्धघाटन गरे । यससँगै विकास बैंकहरुमा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नेमा ओम पहिलो भएको छ । 

बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा शुरु गरिएको र यसबाट बैंकिङ्ग सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाखसम्म निक्षेप जम्मा गर्न र १ लाखसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गरिनेछ भने मर्चेन्ट पेमेन्ट सुविधा अन्तर्गत डिस होमको रिचार्ज गर्न, मोवाईलको बिल भुक्तानी तथा रिचार्ज गर्न सक्नेछन् । छिटै नै बिजुली बत्ती तथा अन्य बिलहरु भुक्तानी गर्ने सुविधा पनि शुरु गरिने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्र कुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ४२१ कर्मचारीहरुद्धारा २ लाख ३१ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र निशुल्क सि–आश्वा सेवा र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेका जानकारी दिए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड कर्जा लगानी गरेको छ ।