Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

सिन्डिकेट गर्ने यातायात व्यवसायीको बैंक खाता रोक्का

२०७५ बैशाख ५ गते

बैंकिङ खबर । सिन्डिकेट गर्ने यातायात व्यवसायीको बैंक खाता रोक्का गरिने भएको छ । मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन ऐेन २०१४ आकर्षित गरी सरकारले बस सेवा बन्द गर्ने समितिअन्तर्गतका बसको रुट पर्मिट बन्द गरेकै दिन खारेज गर्नेदेखि समिति सञ्चालन गर्ने व्यवसायीको बैंक खाता रोक्का गर्नेसम्मको तयारी गरेको जानकारी दिएको छ । 

त्यस्तै, देशभरका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय पनि गरिएको छ । यसअघि यातायातसम्बन्धी संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएकोमा अब कुनै पनि निकायमा दर्ता  नहुने भएको हो । ऐनले दिएको अधिकार प्रयोग गरी गृह मन्त्रालयले बन्दहड्ताल गर्ने सबैलाई कारबाही गर्ने स्पष्ट पारेको छ । अराजक गतिविधि गर्ने संस्थाको दर्ता खारेजी मात्र नभएर त्यस्ता संस्था सञ्चालकलाई पक्राउ गरी कारबाहीसम्म गरिने गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले यातायातका साधन बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिए सुरक्षाकर्मीको सहयोगमा गाडी चलाउनेसम्मको तयारी गरेको छ । यातायात व्यवसायीले हड्ताल गरेमा उनीहरूकै गाडी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चालक परिचालन गरेर सवारी सुचारु गराउने गृहको योजना  छ । गृहले अत्यावश्यक सेवा बन्द नगर्न अपिल पनि जारी गर्ने जनाएको छ ।