Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

बीमामा नागरिकको पर्याप्त आकर्षण नदेखिनुका कारणहरु

२०७५ बैशाख ६ गते

प्रविणरमण पराजुली । वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र रिक्स पनि बोकिदिन्छ । एकदमै छोटो रुपमा भन्नु पर्दा भविष्यको सुरक्षाका लागि बीमाको आवश्यकता पर्दछ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन सक्नुहुन्छ । यद्यपि, बीमा नागरिकको आकर्षण बढ्न सकेको छैन ।

बीमा आकर्षण नबढ्नुका कारणहरु
बीमामा नागरिकको पर्याप्त आकर्षण नदेखिनुको प्रमुख कारण भनेको बीमाको महत्वबारे नबुझ्नु हो । अझै धेरै नागरिकले बीमाको आवश्यकता महशुस गर्न सकेका छ्रैनन् । जसका कारण बीमामा नागरिकको पहुँच अत्यन्तै न्युन छ । बीमाबारे नबुझेर र आवश्यकता महशुस नगरेर बीमाप्रति नागरिककले चासो नदिएका हुन् । बीमाको आवश्यकता महशुस गर्नका लागि बीमाबारे बुझेको हुनुपर्छ । 

मुलुकमा बीमा चेतनाको अत्यत्नै आवश्यकता छ । बीमा साक्षरता नभएकै कारण यसमा जति चाहिने त्यो मात्रामा आकर्षण देखिएको छैन । बीमामा नागरिकको पहुँच बढाउनका लागि बीमा शिक्षाको आवश्यकता छ । बीमा शिक्षा नागरिकमा पुर्याउन सके बीमामा नागरिकको पहुँच बढ्छ । 
बीमा शिक्षाबारे बुझाउन नसक्नु कुनै एक क्षेत्रको मात्रै कमजोरी भन्न मिल्दैन । बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिको यसमा कमजोरी देखिन्छ । अर्कोतर्फ हामी बीमा कम्पनीहरु आफैँको समेत कमजोरी छ भने मिडियाहरुको पनि केहि कमजोरी छ । 

बीमा समिति तथा बीमा कम्पनीहरुले बीमाको बारेमा पर्याप्त चेतना फैलाउन नसकेकै हो । अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । सिधै कार्यालयमा आएर बीमा गर्ने नागरिकको संख्या एकदमै कम छ । 

यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एजेण्टहरुले राम्रोसँग बुझेको भए राम्रैसँग नागरिकलाई पनि बुझाउँछन् । यहाँ एजेन्टहरु आफैँले नै राम्रोसँग बुझेका छैनन् । त्यसैले, सर्वसाधारणलाई पनि बुझाउन सकेका छैनन् । बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधाबारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । बीमा कम्पनीको शाखाकै कुरा गर्ने हो भने पनि त्यहाँ सिधै बीमा गर्न आउदैनन् । बीमा अभिकर्ताले बीमा बारे बुझाउन सके यसमा आकर्षण बढ्छ । यसका साथै सबै मिलेर बीमा शिक्षा बुझाउनुपर्छ । (रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ पराजुलीसँगको कुराकानीमा आधारित)