April 17th, 2018

एनआईडीसीलाई गाभेर राष्ट्रिय वाणिज्य बैंकले वैशाख १९ देखि एकीकृत कारोबार थाल्ने

बैंकिङ खबर । एनआइडीसी डेभलपमेन्ट बैंकलाई मर्जर गरेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट गत चैत्र २२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट सोमबार अन्तिम स्वीकृति पाएको छ । एनआईडीसी डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका  हुन् । 

२०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । सर्वसाधारण सेयरधनीको एक प्रतिशत सेयर स्वामित्व रहेको एनआईडीसी डेभलपमेन्ट बैंकको चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी नौ अर्ब रुपैयाँ र जगेडा कोष सात अर्ब आठ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]