April 16th, 2018

लक्ष्मी बैंकले ल्यायो क्यास ब्याक अफरका साथमा निशुल्क ईबैंकिङ प्याकेज 

नयाँ वर्ष २०७५ को अवसर पारेर लक्ष्मी बैंक लिमिटेडले आफनो भिसा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्याएको छ । जसअन्तर्गत लक्ष्मी बैंकबाट भिसा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत  अनलाइनरपसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने क्यास ब्याकको व्यवस्था गरिएको छ । यो ब्यवस्था अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तीमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।  

यसका साथै बैंकले यसअवधि भर खोलिने नयाँ खाताहरुमा ईबैंकिङ प्याकेज अन्तरगत रु १००० सम्मको बैकिङ्ग सेवाहरु जस्तै भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निशुल्क उपलब्ध गराइ रहेको जानकारी दिएको छ । उल्लेखित सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रर्वधन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]