प्रभु बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.५ टंगालमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । चैत्र २९ गते विहीबार बैंक संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरिन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।
मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

