Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थसचिव डा. खनालद्धारा राष्ट्र बैंकको सदस्यका रुपमा सपथ ग्रहण

२०७४ चैत्र २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थसचिव डा. राजन खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिश दीपकराज जोशीसमक्ष खनालले सपथ लिएका हुन् । महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिमाथि विद्यावारिधि गरेका खनाल सन् १९९३ देखि सरकारी सेवामा छन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिवले प्रतिनिधित्व गर्ने कानुनी ब्यवस्था छ । गभर्नर नेतृत्वको सञ्चालक समितिमा अन्य ६ जना सञ्चालक हुन्छन् । अर्थसचिवसँगै दुई जना डेपुटी गभर्नर र तीन जना सरकारले नियुक्त गरेका ब्यक्ति सञ्चालक समितिमा हुन्छन् ।