April 12th, 2018

अर्थसचिव डा. खनालद्धारा राष्ट्र बैंकको सदस्यका रुपमा सपथ ग्रहण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थसचिव डा. राजन खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिश दीपकराज जोशीसमक्ष खनालले सपथ लिएका हुन् । महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिमाथि विद्यावारिधि गरेका खनाल सन् १९९३ देखि सरकारी सेवामा छन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिवले प्रतिनिधित्व गर्ने कानुनी ब्यवस्था छ । गभर्नर नेतृत्वको सञ्चालक समितिमा अन्य ६ जना सञ्चालक हुन्छन् । अर्थसचिवसँगै दुई जना डेपुटी गभर्नर र तीन जना सरकारले नियुक्त गरेका ब्यक्ति सञ्चालक समितिमा हुन्छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]