Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

राष्ट्र बैंकका १०० कर्मचारीले एकैसाथ अवकाश पाउँदै

२०७४ चैत्र २७ गते

बैंकिङ खबर । राष्ट्र बैंकमा कार्यरत एक सय जना कर्मचारी एकैपटक अवकाश हुने भएका छन् । निर्देशक, उपनिर्देशकसहित १०० जना कर्मचारी वैशाख ३ गते अवकाश हुने भएका हुन् । नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार सेवा अवधि ३० वर्ष पुगेका कर्मचारीहरुले एकैसाथ कर्मचारी पाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको विनियम १११ अनुसार कर्मचारीको उमेर हद ५८ वर्ष वा सेवा अवधि ३० वर्षमध्ये जुन पहिला आउँछ सोही बमोजिम कर्मचारी सेवाबाट निवृत्त हुने प्रावधान रहेको छ । यसका अतिरिक्त अधिकृत, विशिष्ट तहमा कार्यरत कर्मचारी र अधिकृत प्रथम तहमा कार्यरत कर्मचारीको पनि उक्त पदमा सेवा गरेको अवधि ७ वर्ष र १२ वर्ष पुगेमा पनि अनिवार्य अवकाश हुने प्रावधान छ ।

यसरी अवकाश पाउने कर्मचारीलाई राष्ट्र बैंकले १० बर्षसम्मको एकमुष्ठ पेन्सन दिएर विदा गर्ने गरेको छ । अवकाश पाउने कर्मचारीले अवकाश पाएको पदभन्दा एक तह बढीको पेन्सन पाउने गरेका छन् ।