लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित Verified by Visa(VbV) – 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनाधिकृत कारोबार हुनबाट जोगाउने बैंकले जनाएको छ ।
एकपटक रजिस्टर्ड गरेपछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इकमर्शको कारोवार गर्न सक्ने बताइएको छ । बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने बैंकको दाबी छ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिसा इन्टरनेशनलमार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको हो ।
लक्ष्मी बैंकले भारतको Izealiant Technologies Pvt. Ltd. को प्राविधिक सहकार्यमा यो सेवा सुरु गरेको हो । बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको website www.laxmibank.com मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नु हुनेछ ।