Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

बेष्ट फाइनान्समा गाभिँदै सिनर्जी फाइनान्स, १ः१ स्वाप रेसियो तय

२०७४ चैत्र २५ गते

बेष्ट फाईनान्स कम्पनी लिमिटेडले सनर्जी फाइनान्स लिमिटेडलाई १ः१ को स्वाप रेसियोमा प्राप्ती गर्ने भएको छ । बेष्ट फाइनान्सको शनिबार (चैत्र २४ गते) सम्पन्न २१औं वार्षिक साधारणसभाले सिनर्जी फाइनान्सलाई उक्त फाइनान्सको १ कित्ता बराबर बेष्ट फाइनान्स कम्पनी लिमिटेडको १ कित्ताको सेयर रेसियो निर्धारण गरी प्राप्ती गर्ने निर्णय गरेको छ । साथै सिनर्जी फाइनान्स लिमिटेडले पनि शनिबार नै साधारणसभा गरी बेष्ट फाइनान्समा गाभ्नको लागि निर्णय पारित गरेको छ ।

सिनर्जीलाई प्राप्ती गरेपछि बेष्ट फाइनान्सको चुक्तापुँजी ८९ करोड पाँच लाख २४ हजार दुई सय ३७ रुपैयाँ पुग्नेछ । यससँगै कम्पनीले ८० करोड रुपैयाँ पुर्याउन नेपाल राष्ट्र बैंकले दिएको  निर्देशन पूरा गरेको छ ।  प्राप्ती पश्चात कम्पनीको नाम बेष्ट फाइनान्स कम्पनी लिमिटेड रहने र केन्द्रीय कार्यालय हाल सिनर्जी फाईनान्स कम्पनीको कर्पोरेट कार्यालय रहेको भवन कमलादी काठमाडौंमा रहने भएको छ । 

संयुक्त रुपमा कारोबार हेर्दा  चैत्र २१ गतेसम्मको तथ्याङ्क अनुसार कुल निक्षेप २ अर्व ११ करोड ६० लाख, कुल कर्जा १ अर्व ८३ करोड ५९ लाख, कुल शाखा संख्या १४ रहने देखिन्छ । 

संस्थालाई थप परिस्कृत गर्दै अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहक माझ पुर्याउन मोबाइल बैकिङ्ग, एस एम एस बैंकिङ्ग, एटिएम तथा अन्य सुविधाहरुको समेत तयारी गरेको कम्पनीले जनाएको छ । साथमा आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरेको बताइएको छ ।

हाल संस्थाको प्रबर्धनमा संस्थापक समुहमा गैर आवासीय नेपालीहरु राजेन्द्र कुमार शर्मा (कतार), रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द, जापान) लगायत स्थानीय लब्ध प्रतिष्ठित ब्यक्तिहरुको प्रवेशसगै नयाँ ब्यवस्थापनमा संस्थाको बृद्घि गर्दै लैजाने कार्य भइरहेको छ । यस संस्थाले आफ्ना ग्राहकवर्गको हितलाई संरक्षण गरी विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको प्रगतिमा कार्यरत रहने  र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्दै जाने योजना बनाएको छ ।