April 6th, 2018

सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । चैत्र २३ गते शुक्रबार एक विशेष कार्यक्रमकाबीच सिद्धार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबि भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यसबाट बैंकका गा्रहक लाभान्वित हुनुका साथै छिटो र सहज रुपमा बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]