Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

चुक्ता पूँजी पुर्याउन बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने तयारी 

२०७४ चैत्र २३ गते

बैंकिङ खबर । अहिलेसम्म चुक्ता पूँजी पुयार्उन नसकेका बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले समयभित्र चुक्ता पूँजी पुर्याउने नसक्ने बैंक तथा वित्तीय संस्थाका पूँजी वृद्धिका लागि सहुलियत दिने तयारी गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने भनिएपनि पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलताको संकट भएकाले राष्ट्र बैंक तत्काल कारवाहीमा नजाने भएको छ । 

राष्ट्र बैंकले यस्तो सहुलियत स्किमका लागि निर्देशन जारी गर्ने तयारी गरिरहेको जनाएको छ । पूँजी पुर्याउन समस्या भइरहहेका बेला अन्य बाटोबाट पूँजी पुर्याउन सजिलो होस् भन्नका लागि यस्तो सहुलियत स्किम ल्याउन लागेका राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोतका अनुसार आगामी  दिनमा चुक्ता पूँजीमा देखाउन सकिने पैसा आजैदेखि चुक्ता पूँजीमा गणना गर्न सकिने गरि सहुलियत दिन लागिएको हो ।

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र तोकिएको पूँजी पुर्याउनु बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सो अवधीसम्म पनि पुँजी पुर्याउन नसक्नेलाई मर्जर वा हकप्रदको प्रकृया शुरु गरिसकेकालाई थप ६ महिना समय दिएको थियो । सो अवधी बढ्दै चैतसम्म पुग्यो । तरपनि बैंकहरुको पूँजी पुर्याउन समस्या भयो । सोही समस्या समाधान गर्न राष्ट्र बैंकले पुनः सहुलियत दिन लागेको हो । 

राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिमार्फत बैंकहरुलाई चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकलाई ६४ करोडबाट साढे २ अर्ब र फाइनान्स कम्पनीलाई २० करोडबाट ८० करोड पुर्याउन निर्देशन दिएको थियो ।