खानीखोला हाइड्रोपावर कम्पनीले २ महिनाभित्र साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनिको शेयर निष्काशन तथा विक्रिको प्रबन्ध सिभिल क्यापिटल मार्केटले गर्नेछ ।
१ सय अंकित दरको साधारण शेयर निष्काशनका लागि हालै मात्र नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको छ । बोर्डले स्वीकृत गरेको २ महिनाभित्र शेयर निष्काशन भइसक्नुपर्ने प्रावधान छ । यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि ४ लाख ६५ हजार ७ सय १४ कित्ता शेयर निष्काशन गरिसकेको छ ।
कम्पनीको आईपिओले इक्रा नेपालबाट ४ प्लसको रेटिङ पाएको छ ।