Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वाबलम्बन लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

२०७४ चैत्र १९ गते

बैंकिङ खबर । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । लघुवित्तको आइतबार (चैत्र १८ गते) बसेको संचालक समितिको २८४ औँ बैठकले बस्याललाई सीईओ नियुक्त गरेको हो । बस्याललाई सोमबार (चैत्र १९ गते)देखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । 

२४ वर्ष लामो लघुवित्त बैंकिङ क्षेत्रको अनुभव भएका बस्याल यसअघि निर्धन उत्थान बैंकमा नायब महाप्रबन्धक थिए । निर्धन उत्थान बैंकमा २३ वर्ष सात महिना बिताएर उनले स्वेच्छिक अवकाश लिएका थिए ।