Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पोखरामा पहिलोपटक ‘बैंकिङ/बीमा एक्स्पो’ सम्पन्न

२०७४ चैत्र १२ गते

बैंकिङ खबर । प्रदेश नं. ४ को राजधानी पोखरामा पहिलोपटक बैंकिङ÷बीमा एक्स्पो सम्पन्न भएको छ । दुई दिनसम्म संचालन गरिएको एक्स्पोमा मेनेजमेन्टका विद्यार्थी, व्यापारी, उद्यमी एवम् सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकाल, डेभलपमेन्ट बैंकर्स संघका सचिव रेशम थापा लगायत विभिन्न बैंकर्सको उपस्थिती रहेको थियो । 

आइतबार वित्तीय जागरणसम्बन्धी र्यालीसहित सुरु भएको बैंकिङ/बीमा एक्स्पोको सोमबार डेभलपमेन्ट बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद ढकालले समापन गरे । आइतबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँद्धारा उद्घाटन गरिएको कार्यक्रममा दुई दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले आफ्नो स्टल संचालन गरेका थिए । 

मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य एवम् बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र माइक्रोफाइनानस बैंकर्स संघसँगको साझेदारीमा सम्पन्न कार्यक्रममा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तयार पारेको वित्तीय साक्षरतासम्बन्धी नाटक प्रस्तुत गरिएको थियो ,साथै, स्टल संचालन गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

हरेक नेपालीको बैंक खाता, समाजिक सुरक्षाभत्ता बैंकमार्फत भन्ने सरकारको नारालाई सार्थक तुल्याउन मुलुकका विभिन्न स्थानहरुमा संचालन भइरहेको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ अन्तर्गत यसपटक पोखरामा बैंकिङ/बीमा एक्स्पो संचालन गरिएको र यस्ता कार्यक्रमहरुलाई आगमी दिनहरुमा पनि निरन्तरता दिँदै जाने आयोजकले जनाएको छ । 

काठमाडौँ उपत्यकाबाहिर दोस्रोपटक पोखरामा बैंकिङ/बीमा एक्स्पो संचालन गरिएको 'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोषले बताए  यसअघि, इटहरीमा बैंकिङ/बीमा एक्स्पो सफलतापूर्वक सम्पन्न गरिएको थियो ।