Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंकबीच बैंकास्योरेन्स सम्झौता

२०७४ चैत्र ७ गते

प्रभु लाइफ इन्स्योरेन्स लि. तथा सेञ्चुरी कमर्शियल बैंक लि. बीच बैंकास्योरेन्स गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा सेञ्चुरी कमर्शियल बैंक लि. का का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरे । 

यससँगै अबदेखि प्रभु लाइफ इन्स्योरेन्स लि. मा जीवन बीमा गर्ने ग्राहकवर्गलाई जीवन बीमा सम्बन्धि सेवाहरु सेञ्चुरी कमर्शियल बैंक लि. को प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ । जीवन बीमाको प्रिमियम सेञ्चुरी कमर्शियल बैंक लि. मार्फत बुझाउन सकिने ब्यबस्था गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सले ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली, भक्तपुर ललितपूर, कलंकी, बानेश्वर तथा बनेपा शाखा कार्यालयहरुबाट कारोवार संचालन गरिसकेको छ । निकटतम दिनहरुमै कम्पनीले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । 

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ ।