Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

प्रभु लाइफ र सेन्चुरी बैंकबीच सम्झौता

२०७४ चैत्र ७ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स र सेन्चुरी कर्मशियल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । प्रभु लाइफमा जीवन बीमा गर्ने ग्राहकवर्गलाई जीवन बीमा सम्बन्धि सेवाहरु सेन्चुरीको प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुने गरी उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा प्रभुलाइफका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा सेन्चुरीका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईज्यूले हस्ताक्षर गरे ।

प्रभु लाइफ इन्स्योरेन्सले ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली, भक्तपुर ललितपूर, कलंकी, बानेश्वर तथा बनेपा शाखा कार्यालयहरुबाट कारोवार संचालन गरिसकेको छ । निकटतम दिनहरुमै कम्पनीले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दे लैजाने लक्ष्य लिएको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन ्। कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।