Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

लक्ष्मी बैंकको लक्षित मुद्दतीमा अब १० प्रतिशत ब्याज पाइने

२०७४ चैत्र ८ गते

लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट”मा दिँदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो । 

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मा गर्न सक्नेछन्  ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि गरेको रकम हरेक महिना स्वतःलक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्नेछन् ।  

साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकका नेपालअधिराज्यभर रहेका ७८ शाखाहरुबाट यो खाता सहजै रुपमा खोल्न सकिनेछ ।