Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

 नवजिवन सहकारी निर्वाचनको सरगर्मी : कसले गर्ला नमुना सहकारीको नेतृत्व ?

२०७४ चैत्र ७ गते

नेपालकै अग्रणी र नमुना सहकारीको रुपमा चिनीने नवजिवन सहकारी संस्था धनगढी चुनावले तातिएको छ । पश्चिम तराईंका कैलाली, कञ्चनपुर र बर्दिया जिल्ला कार्य क्षेत्र रहेको यो संस्थाको कार्य समितिका लागि हुन लागेको निर्वाचनको सरगर्मी यी जिल्लाहरुमा ह्वात्तै बढाएको हो । संस्थाको कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, सञ्चालक सदस्य, लेखा समिति संयोजक तथा सदस्य, र जिल्ला प्रतिनिधिका लागि १७ जना निर्वाचित हुनु पर्नेमा ३५ जना आकांक्षी देखिएका छन् । 

सबै आकांक्षीहरुले छुट्टा छुट्टै तीन समुह बनाई आआफ्नो चुनावी अभियानलाई तीब्र पारेपछि संस्थाको निर्वाचनले संसदीय निर्वाचनको स्मरण गराएको छ । संस्थाको कार्य समितिको एक अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष रतनबहादुर कठायत,सञ्चालक सदस्य चक्रबहादुर सिंह र ईश्वरप्रसाद जोशी गरी तीन जना चुनावी मैदानमा उत्रिएका छन् । तीन जना अध्यक्षका प्रत्यासी रहेका भएपनि निर्वाचनमा खास गरी कठायत समुह र सिंह समुहका बीचमा कडा टक्कर हुने शेयर सदस्यहरु बताउछन् । अध्यक्षका यी दुवै जना उम्मेदवारहरु महिनादिन देखि चुनाव प्रचारमा जनताको घरदैलोमा व्यस्त छन् । १७ हजार २ सय ३४ जना सेयर सदस्य रहेको नवजिवनले २४ औँ साधारणसभावाट आगामि कार्यकालका लागि  नेतृत्व छान्दै छ । स्थानिय स्तरमा यो निकै चासोको विषय पनि बन्दै गएका बेला निकै प्रतिस्प्रर्धा हुने देखिएका अध्यक्षका दुइ जना प्रत्यासि सिंह र कठायतलाइ भेटि बैंकिङ खबर डट कमका धनगढी संवाददाता राम खत्रीले तयार पारेको रिपोर्ट :

उमेद्धारी किन ?
सिहंः नवजिवन सहकारी संस्था भनेको सुदूरपश्चिमै इतिहाँस बोकेको गौरव गर्न लायक सहकारी संस्था संस्था हो । यो सबै भन्दा पहिला नेपाल राष्ट्र बैकबाट आर्थीक कारोवार गर्न पाउने इजाजत पत्र प्राप्त संस्था हो । यसको अहिले जती पनि प्रगती देखिन्छ ,यो सदूरपश्चिममा हामि जस्ता कुशल व्यवस्थापकको एउटा नमुना पनि हो । अब म नेतृत्वमा गएर यो संस्थालाइ अझ प्रभावकारी र अझै गतिशिल बनाउन चाहान्छु । त्यसैले क्रृण लगानी र असुलीमा बाट माथी उठेर विभिन्न चुनौतीहरुलाइ चिर्न र नमुना लाएक एउटा देशकै नेतृत्व गर्ने संस्था बनाउका लागि आगामि कार्यकालका लागि मेरो उमेद्धारी हो ।
कठायतः नवजिन सहकारीलाइ थप उचाइमा पुर्याउनका लागि तिन वर्षे कार्यकालमा मैले र मेरो टिमले अथक प्रयास गरेको छ । शेयर सदस्यको हक हित र अघिकार स्थापनाका लागि थुप्रै काम भएका छन् ।  थुपै्र काम गर्ने योजनाहरु अझै छन् । शेयर सदस्यको हक अधिकार अक्षुण राख्दै सहकारीलाइ गतिशिल बनाउन र बाँकि योजनाहरुलाइ मुर्त रुप दिन मेरो उमेद्धारी हो ।

जित्नेमा कति ढुक्क हुनुहुन्छ ? 
सिहंः
संस्थालाई अझै बलीयो र गतिशील बनाउने मेरो एजेण्डा छ । धेरै सदस्यहरुको आफुहरु प्रति मायाँ, सद्भाव छ । म जित्नेमा पुर्ण रुपमा ढुक्क छु । मेरो जित निश्चित छ । 
कठायतः विगतको कामको मुल्याकन गरेर मलाइ जिताउनु हुने छ भन्ने पुर्ण विश्वास छ । म मात्रै होइन मेरो पुरै टिमले अध्यधिक मतले जित्नेमा म ढुक्क छु । 

जितका आधारहरु के–के हुन् ?
सिहंः
मेरो बैकिगं क्षेत्रमा लामो अनुभव छ । विगतमा सहकारी क्षेत्रमा पनि मेरो लामो अनुभव छ । म आफैँ अगुवा भएर काम गरिरहेको छु । मेरो बैंकको मात्रै बिस–तिस वर्षको अनुभव छ । त्यसैले मैले यो संस्थालाई अझै गति दिन सक्छु र बहुउद्देश्यीय अनुसारको कार्यक्रम सञ्चालन गर्न सक्छु । त्यसैले मेरो अनुभव र भिजन नै मेरा जितका आधारहरु हुन् । 
कठायतः  तिन वर्षे कार्यकालमा मैले र मेरो टिमले गरेको काम नै जितको आधार हो । म जुन ठाउँमा छु , शेयर सदस्यहरुको वास्तवामा मायाँ,सद्भाव पाएको छु । आगामि दिनमा पनि राम्रो काम गर्नका लागि उत्साहा दिनुभएको छ यसले पनि मेरो जित देखाउँछ । 

मतदातालाई के भन्न चाहानुहुन्छ ?
सिहं:
 मेरो एउटा अनुभव संगालेका सदस्यहरुको टिम छ । नवजिवन सहकारीलाई उचाइ अझ माथि  पुर्याउन, बहुउद्देश्यीय कार्यक्रम सञ्चालन गर्नका लागि, अत्यधिक मतले विजयी गराइदिन हुन हार्दीक अनुरोध गर्दछु । 
कठायतः मेरो एउटा युवा र उर्जावान टिम छ । हरेक क्षेत्रमा आफुलाइ निखारेर सफल भएका व्यक्तिहरुको टिम हो यो । मलाइ भोट किन दिने भन्ने मैले प्रमाणित गरिरहन आवश्यक छैन । मैले तिन वर्षको दौरानमा गरेँ त्यसैलाइ मध्यनजर गरि म र मेरो प्यानललाइ विजयी गराइदिन हुन हार्दिक अपिल गर्दछु ।