May 13th, 2016

सार्कका नियामकहरुको बैठकले बिमा कम्पनीको पूँजी बढाउन दबाब दिने

imageबिमामा सर्वसाधरणको पहुँच बढाउन अर्थमन्त्री विष्णु पौडेलले  सरोकारवालाहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली क्षेत्र (सार्क)का बिमा नियामकको बिहीबारदेखि काठमाडौंमा शुरु भएको भेलामा उनले सरकारलाई बिमासम्बनिध नीति बनाउन सहयोग पुग्ने उपयुक्त सुझाव दिन आग्रह समेत गरे । अर्थमन्त्री पौडेलले सर्वसाधारणमा चेतना अभाव भएकाले बिमाको दायरा बढ्न नसकेको तर्फ इंगित गर्दै चेतनामुलक काम दु्रत गतिमा अघि बढाउन नियामक बिमा समितिसहित सरोकारवाला संस्थासँग आग्रह गरे ।

बिमा कार्यक्रममा बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले सार्क मुलुकमा नियामक निकायका अधिकारीबीच अनुभव आदानप्रदानले महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने बताए । 

कार्यक्रममा सार्कका बिमा नियामक निकाय, पुनर्बिमा कम्पनी, बिमा ब्रोकरको समेत सहभागिता छ ।पूँजी वृद्धि गरी जोखिम न्यूनीकरणामा चाल्नुपर्ने कदम,बिमा कम्पनीको पूँजी कोष, जोखिम तथा तथा नेपाली बिमा कम्पनीले भविष्यमा अपनाउनुपर्ने रणनीतिका बारेमा गहन छलफल हुने आयोजकले जानकारी दिएको छ ।
सार्क नियामकको यस कार्यक्रमबाट नेपाली बिमा कम्पनीको चुक्ता पूँजी बढाउन अप्रत्यक्षरुपमा दबाब पर्न सक्ने बिमा कम्पनीहरुको भनाई छ । अहिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ५० करोड र निर्जीवन बिमा कम्पनीको २५ करोड रुपैयाँ रहेको छ ।